तीन पार्टीहरुद्वारा बुटवलमा आयोजित निर्वाचन भण्डाफोर सभा सम्पन्न

1 year ago

तीन पार्टीहरुद्वारा बुटवलमा आयोजित निर्वाचन भण्डाफोर सभा सम्पन्न

काठमाडौंः तीन कम्युनिस्ट पार्टीहरुले आज रुपन्देहीको बुटवलमा आयोजना गरेको मंसिर ४ को निर्वाचन विरुद्व भण्डाफोर सभा सम्पन्न भएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल , नेपाल कम्युनिस्ट पार्टी र नेकपाले उक्त कार्यक्रमको आयोजना गरेका थिए ।

उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता जागृत रायमाझी,नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका प्रवक्ता जागृत रायमाझीले यो व्यवस्थाले आम जनतालाई लुटेरा छान्ने अधिकार मात्र दिएको बताएका छन् । उनले भने "यो व्यवस्थाले हामीलाई आफैलाई लुट्ने लुटेरा छान्ने अधिकार मात्र छ , अरु केही छैन।”

त्यस्तै कार्यक्रममा नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले पनि यस व्यवस्थामा हुने चुनावले पुँजीपति वर्गको मात्र सेवा गर्ने भएकाले यसलाई खारेज गरेर जनताको व्यवस्था ल्याउनुपर्ने बताएका छन् । उनले भने "यो चुनाव अहिलेको संसदीय व्यवस्था अन्तर्गत भइराखेको चुनाव भएको हुनाले यो चुनावले दलाल पुँजीपतिकै सेवा गर्छ ।"