निर्वाचनपछिको चूनौती सामना गर्न गठबन्धन दलहरु तयार हुनपर्छ

1 year ago

निर्वाचनपछिको चूनौती सामना गर्न गठबन्धन दलहरु तयार हुनपर्छ

गगन थापा: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनपछिको चूनौती सामना गर्न गठबन्धन दलहरु तयार हुनुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा काभ्रे–काठमाडौं ४ समन्वय समितिले आयोजना गरेको कार्यक्रममा थापाले मंसिर चारको निर्वाचन गठबन्धन नै जित्ने भन्दै त्यसपछिको चूनौति सामना गर्न दलहरु तयार हुनुपर्ने बताउनुभएको हो । उहाले देशमा देखिएका आर्थिक लगाएतका समस्या समाधान गर्न निर्वाचन पछि बन्ने सरकार गम्भीर भएर लाग्नुपर्ने चूनौति रहेको जिकिर गर्नुभयो ।

आम नागरिकमा देखिएको निराशालाई पनि गठबन्धनले निर्वाचन जितेपछि दृढ संकल्पका साथ हटाउनुपर्ने उहाको भनाई छ । थापाले पाँच बर्षका लािग गठबन्धनसंगै बसेर मत मागेकाले आगामी पाँच बर्ष जनताको मतको इज्जत राख्नुपर्ने धारणा राख्नुभयो । उहाले जनताले दिएको जिम्मेवारीबाट असफल भए त्यसको मूल्य देशले चूकाउनुपर्ने भएकाले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो । थापाले नागरिकहरुले राजनीतिक नेतृत्व परिवर्तन खोजिरहेको भन्दै कांग्रेसको नेतृत्व परिवर्तन गरि मुलुक चलाउनका लागि आफ्नो पक्षमा मत माग्न आग्रह गर्नुभयो ।

थापाले घरदैलोका क्रममा जनताका बिभिन्न प्रश्न रहेको भन्दै आफु प्रश्नको सामना गरेर जनताको समस्या बुझ्ने जिकिर गर्नुभयो ।

Related Articles