तीन कम्युनिस्ट पार्टीहरुद्वारा आयोजित निर्वाचन भण्डाफोर सभा सम्पन्न

1 year ago

तीन कम्युनिस्ट पार्टीहरुद्वारा आयोजित निर्वाचन भण्डाफोर सभा सम्पन्न

काठमाडौ: तीन कम्युनिस्ट पार्टीहरुले आज काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको मंसिर ४ को निर्वाचन विरुद्ध भण्डाफोर सभा कार्यक्रम सम्पन्न भएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल , नेपाल कम्युनिस्ट पार्टी र नेकपाले उक्त कार्यक्रमको आयोजना गरेका थिए ।


उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव आहुती,नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा `प्रकाण्ड´,नेकपाका स्थायी समिति सदस्य शशिकला घिमिरे र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल मुख्य वक्ता थिए । त्यस्तै सो कार्यक्रमको अध्यक्षता आरबी भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य राजेश्वरी सुवेदीले दिएका थिए । साथै कार्यक्रममा कलाकारहरुले सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।