वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्धारा काठमाडौंमा निर्वाचन बहिस्कार

1 year ago

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्धारा काठमाडौंमा निर्वाचन बहिस्कार

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल काठमाडौं जिल्ला समितिद्वारा आयोजित निर्वाचन भण्डाफोर अभियान कार्यक्रम आज काठमाडौंमा पनि सम्पन्न भएको छ । काठमाडौंको असन,इन्द्रचोक र न्युरोड लगायतका क्षेत्रमा निर्वाचन भण्डाफोर सम्बन्धि पर्चा वितरण गर्दै सुरु भएको उक्त कार्यक्रमको अन्त्यमा कोणसभा गर्दै सम्पन्न भएको थियो ।

कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको काठमाडौं जिल्ला समितिका सचिव रुपा सुनार,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य राजेश्वरी सुवेदी लगायतका वक्ताहरु रहेका थिए ।