मुलुकको नेतृत्व गर्न तयार छु : गगन थापा

1 year ago

मुलुकको नेतृत्व गर्न तयार छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफु तयारीमा लागेको बताएका छन् ।

बुधबार सिन्धुपाल्चोकका मतदाताहरुसंगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा बिजयी भएपछि प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा दावेदारी प्रस्तुत गर्ने बताए । अव मुलुक चलाउने जिम्मेवारी युवाहरुलाई दिनुपर्ने भन्दै त्यसको सुरुवात आफैले गर्ने उनको भनाई छ । थापाले आगामी निर्वाचनबाट सांसद भइसकेपछि संसदीय चूनाव लड्छु भन्नु आफ्नो अहंकार नभएको बताएका छन् । अव शिर्ष नेताहरुलाई पछाडीको सिटमा राखेर स्टेरिङ समात्न आफु तयार रहेको उनले बताए । त्यस्तै थापाले संघ र प्रदेशको निर्वाचन गठबन्धनले जित्ने भन्दै त्यसपछिको कार्यभार सफलताका साथ पुरा गर्नका लागि तयार हुनुपर्ने धारणा राखेका छन् ।

यसअघिको पाँच बर्ष एउटा व्यक्तिको अहंकारका कारण असफल भएकाले अवको पाँच बर्ष स्थीरता र परिणाममुखी हुनुपर्ने थापाको भनाई छ ।