फराकिलो मतान्तरले निर्वाचित हुने एमाले उपाध्यक्ष विष्णु पौडेलको दाबी

1 year ago

फराकिलो मतान्तरले निर्वाचित हुने एमाले उपाध्यक्ष विष्णु पौडेलको दाबी

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गरेका छन् । रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पौडेलले शनिबार घरदैलो गर्नेे क्रममा पत्रकारहरुसगँ बोल्दै पहिलेको भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गरेका हुन् । उपाध्यक्ष पौडेलले घरदैलो गर्ने क्रममा जनताले आफुहरुलाई देखाएको उत्साहपूर्ण सहभागिता,माया र आर्शिवादले पनि आफुले जित्ने कुरामा दुईमत नभएको बता ।

 

उनले विगतका निर्वाचनको तुलनामा भन्दा यस पटकको निर्वाचनमा जनताले देखाएको समर्थनले आफु उत्साहित बनेको प्रतिक्रिया दिए । उपाध्यक्ष पौडेलले रुपन्देहीलाई विकासको हिसाबले देशकै नमुना जिल्ला बनाउन आफु लाग्ने बताए । साथै उनले रुपन्देहीलाई हरेक दृष्टिकोणले सम्पन्न गर्ने कुरामा आफु लागी पर्ने बताउदै सबै मतदाताहरुलाई एमालेलाई जिताउन समेत आग्रह गरेका छन् ।