गठबन्धनले एमालेको कार्यकर्ता चोरेर उम्मेदवार बनायोःअध्यक्ष ओली

1 year ago

गठबन्धनले एमालेको कार्यकर्ता चोरेर उम्मेदवार बनायोःअध्यक्ष ओली

 

काठमाडौंःनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर २ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर लगेर उम्मेदवार बनाएको टिप्पणी गरेका छन् ।

मंगलबार झापाको शनिश्चरेस्थित सालबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अहिलेका गठबन्धनका उम्मेदवार सो क्षेत्रका एमाले उम्मेदवार देवराज घिमिरेका साधारण कार्यकर्ता मात्र भएको अध्यक्ष ओलीको भनाई छ ।

साथै ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको पनि बताएका छन् । त्यस्तै उनले विचारको हिसाबले, संगठनको हिसाबले, कामको हिसाबले र कार्यक्षमताको हिसाबल नेकपा एमाले नै देशको प्रमुख पार्टी भएको जिकिर गरेका छन् ।