दलहरुले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको महासचिव वैद्यको भनाई 

1 year ago

दलहरुले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको महासचिव वैद्यको भनाई 

काठमाडौंःनेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दलहरुले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको बताएका छन् । मंसिर ४ को निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नेकपा क्रान्तिकारी माओवादी,नेकपा बहुमत र नेकपा मशाल लगायतका दलहरुले निकालेको विरोध ¥यालीपछि काठमाडौंको शान्तिवाटीकामा आयोजित कोणसभामा बैद्यले दलहरुले प्रतिगमनका बिरुद्ध लोकतन्त्र भनेपनि सो लोकतन्त्र जनताका लागि नभएको बताएका हुन् । मुलुकमा पटक पटक परिवर्तन भएपनि मजदुर किसान, महिला र सर्वसाधारण जनताले त्यसको महशुस गर्न नसकेको उनले बताए ।


महासचिव वैद्यले अहिले नेताहरुका साथै व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राखे । प्रतिक्रियावादी पूँजीवादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, नयाँ जनवाद–वैज्ञानिक समाजवाद लागू गर्नुपर्ने भन्दै उनीहरुले मंसिर ४ को निर्वाचन बहिष्कार र अवज्ञा गर्ने निर्णय गरेका हुन् ।