मकवानपुर २ को प्रदेशसभा क मा माओवादीकी कुमारी मोक्तान विजयी

1 year ago

मकवानपुर २ को प्रदेशसभा क मा माओवादीकी कुमारी मोक्तान विजयी

काठमाडौंः मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेको उम्मेदवार बिष्णु प्रसाद ढकाललाई पराजित गर्दै मोक्तानले बागमती प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

४६ हजार ५३ मत गणना गर्दा मोक्तानले १९ हजार ८ सय ७३ मत ल्याएर निर्वाचित भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गरेर पराजित भएका छन् । २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा मोक्तान यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।