भक्तपुर क्षेत्र नं २ मा महेश बस्नेत पराजित

1 year ago

भक्तपुर क्षेत्र नं २ मा महेश बस्नेत पराजित

काठमाडौंः भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित भएका छन् । उनले निवर्तमान सांसद नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित गरेका हुन् ।

दुर्लभ थापाले २४ हजार २३८ मत पाएर विजयी हुँदा महेश बस्नेतले २३ हजार २७९ मत पाएर पराजित भएका हुन्।उनीहरूबीच ९५९ मतको अन्तर रहेको छ ।