पुराना दलहरुबाट देशको परिवर्तन सम्भव छैनः डा. सिके राउत

1 year ago

पुराना दलहरुबाट देशको परिवर्तन सम्भव छैनः डा. सिके राउत

काठमाडौंः रुपन्देहीको क्षेत्र नम्बर ४ मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा सिके राउतले पुराना राक्षस रुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै राउतले यसपटक त्यसको विकल्पमा जनमत पार्र्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।


अध्यक्ष राउतले जनताका लागि कुनै काम गर्न नसकेकोले सत्ताशक्ति आफ्नै हातमा भए पनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँदै पाँचपाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नु पर्ने अबस्था आउनु दुःखद भएको बताएका छन् । उनले एकातिर पाँच दल र अर्को तिर पनि पाँच दलको गठबन्धन छ भएकाले यो गठबन्धन देश विकास र जनताको लागी नभई ठगबन्धन भएको तर्क गरे ।

साथै अध्यक्ष राउतले सामुदायिक समाजवाद ल्याउँन देशै भरि जनमत पार्टीका उम्मेदवारहरुलाई मतदान गर्नुपर्नेमा ेसमेत जोड दिए । त्यस्तै
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार ४क का जितेन्द्र नाथ शुक्ला र ख का विरेन्द्र जैसवालले पनि मर्चवारको परिवर्तनको लागि जनमतलाई एक मौका दिनु बताउनुभयो ।