चुनावमा गरेका वाचा इमान्दारीका साथ पुरा गर्ने प्रदिप पौडेलको प्रतिबद्धता

1 year ago

चुनावमा गरेका वाचा इमान्दारीका साथ पुरा गर्ने प्रदिप पौडेलको प्रतिबद्धता

काठमाडौंः प्रतिनिधिसभामा काठमाडौँ–५ बाट निर्वाचित प्रदिप पौडेलले चुनावमा गरेका वाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आफु निर्वाचित भएपछि सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले जनताका समस्या समाधान र देशलाई अघि बढाउन यसअघि गरेका वाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले ढल, खानेपानी, प्रदुषण लगायतका विभिन्न समस्याहरुलाई केन्द्रीय सरकारको योजनामा राखेर समाधान गर्ने जिकिर गरे । विकासका मुद्धाहरुलाई प्राथमिकताका साथ अघि बढाउने र राष्ट्रको जिम्मेवारीलाई पनि पुरा गर्ने उनले बताए । साथै उनले देशका महत्वपूर्ण मुद्धाहरुमा आफ्नो उपस्थीति देखाउने समेत बताएका छन् ।