एमालेले आचारसहिंता उल्लंघन गरेको कांग्रेसको आरोप

1 year ago

एमालेले आचारसहिंता उल्लंघन गरेको कांग्रेसको आरोप

काठमाडौंःनेपाली कांग्रेसले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगसंग माग गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले खुलेआम प्रलोभन दिने, एनजिओको व्यापक दुरुपयोग गर्ने जस्ता आचारसंहिता विपरितको काम एमालेले गरेको भन्दै कारबाही गर्न माग गरेका हुन् । गठबन्धनका साना कमजोरीलाई देख्ने आयोगले एमालेको आचारसंहिता विपरितको कामलाई देख्न नसकेको उनको भनाइ छ ।

 

प्रवक्ता महतले कांग्रेसले संयमताका साथ आचारसंहितालाई पालना गरिरहेको दावी गरे । उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने जिकिर गरेका छन् । अहिलेको निर्वाचनमा १ सय ६५ सिटमा ९१ सिट कांग्रेसले र ७४ सिट गठबन्धनका अन्य दलले लडेकाले स्वभाविक रुपमा नेतृत्व कांग्रेसको रहेको उनको भनाइ छ । 

 


उनले निर्वाचनपछिको प्रधानमन्त्रीमा कांग्रेसका तर्फबाट शेर बहादुर देउवा हुने स्वभाविक रहेको भन्दै अन्यले प्रधानमन्त्रीको दाबी गर्नु प्रचार मात्रै भएको धारणा राखेका छन् । त्यस्तै प्रवक्ता महतले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समानुपातिक मत महत्वपूर्ण भएकाले सबै क्षेत्रमा कुनै दुविधा नगरी रुख चिन्हमा मतदान गर्न आह्वान समेत गरेका छन् ।

 
 
 
 
 

ReplyForward