पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा लगानीकर्ताहरूको प्रदर्शन

10 months ago

पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा लगानीकर्ताहरूको प्रदर्शन

 

सेयर लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

उनीहरुले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम गर्नुपर्ने, पूँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले आर्थिक विधेयक संशोधन गर, पश्चगामी करनीति खारेज गर, लगानीकर्तामाथि जालझेल बन्द गरलगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐकवद्धता जनाउदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । लगानीकर्ताको सम्पतीमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उहाले बताउनुभयो । उहाले यस मुद्धालाई सम्पूर्ण लगानीकर्ताहरु एकजुट भएर अघि बढाउन सुझाव दिनुभयो ।

उहाले यस बिषयमा संसदमा शसक्त रुपमा आवाज उठाउने जानकारी दिनुभयो । यता अर्थमन्त्री डा प्रकाशशरण महतले भने सेयर लगानीकर्ताहरु आयकरको दायमा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आउनुभएको छ ।