जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्चाउन सांसदहरुको माग

10 months ago

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्चाउन सांसदहरुको माग

 

सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्चाउन माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद गगनकुमार थापाले निर्वाचन आयोगको भूमिका खुम्चिने गरी जिल्ला निर्वाचन कार्यालय खारेज गरेको बताउनुभयो । उहाले कार्यालय खारेज गर्ने निर्णयलाई सच्चाउन माग गर्नुभयो । जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालयमार्फत् गर्ने विषय बजेटमा राखिनु सरकारको गल्ती रहेको र यसलाई सच्याउनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै सांसद सांसद गणेश पराजुलीले पनि निर्वाचन आयोग जस्तो संवैधानिक निकायका जिल्ला कार्यालयले खारेज गरिनु अनुपयुक्त रहेको बताउनुभयो ।

सरकारले आर्थिक वर्ष ०८०÷८१ को बजेटमा जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन इकाई रहने प्रस्ताव छ । निर्वाचन संयन्त्रलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गत राख्ने सरकारको कदमले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र सक्षमतामा गम्भीर प्रश्न उठेको भन्दै विरोध भएको छ ।