इन्दोर पुगे प्रधानमन्त्री प्रचण्ड

10 months ago

इन्दोर पुगे प्रधानमन्त्री प्रचण्ड

 

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दोर जानुभएको छ ।

विशेष विमानमार्फत इन्दोर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गर्नुभएको थियो । त्यस्तै उहलाई नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए । शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

त्यसअघि शुक्रबार बिहान नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले ऊर्जा व्यापारका क्षेत्रमा ब्रेक थ्रु भएको बताउनुभयो ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।