आन्दोलनरत पक्षलाई वार्तामा आहन गृहमन्त्रीको आग्रह

10 months ago

आन्दोलनरत पक्षलाई वार्तामा आहन गृहमन्त्रीको आग्रह

 

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतिघरमा धर्नामा बसेका स्थानीयलाई छलफलका लागि सिंहदरबार आउन आग्रह गर्नुभएको छ ।

बुधबार धर्नास्थल माइतिघर पुगेर श्रेष्ठले आन्दोलनरत पक्षले राखेका बिषयहरुमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताउनुभएको हो । उहाले सिर्सिया नदीलाई स्वच्छ राख्नुपर्ने बिषयलाई सम्बोधन गर्न तत्कालिक र दिर्घकालिन समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाले सिर्सियाबासीको समस्या राज्यको पनि समस्या भएकाले सरोकारवाला मन्त्रालयहरुसंग पनि छलफल गरिने प्रतिवद्धता जनाउनुभयो ।

कलकारखानाबाट निश्किएको फोहर सिँधै मिसाइँदै नदीमा प्रदुषण बढेको भन्दै उनीहरुले काठमाडौंमा धर्ना दिदै आएका छन् । उनीहरुले सिर्सिया नदीको पानी भरिएको बोतल गृहमन्त्रीलाई देखाएका छन् ।

त्यस्तै बुधबार नै गृहमन्त्री श्रेष्ठले माइतिघरमा सहकारी पीडितको आन्दोलनमा पुगेर यस बिषयको समाधान खोज्ने प्रतिवद्धता जनाउनुभयो । उहाले सहकारीका बचतकर्तामाथि न्याय हुने गरि सरकारले उपयुक्त कदम चाल्ने आश्वासन दिनुभयो ।

मन्त्री श्रेष्ठले सहकारीका बचतकर्ताहरुको समस्याका बारेमा सरकार जानकार रहेको र समाधानका लािग समिति गठन गरिसकेको भन्दै पीडितको समस्या समाधान हुने जिकिर गर्नुभयो ।