राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको होः प्रचण्ड

11 months ago

राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको होः प्रचण्ड

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको रहेको बताउनुभएको छ ।

गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राज्यका सबै कामकारवाही पारदर्शी हुनुपर्ने भन्दै राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व सञ्चारमाध्यमको भएको बताउनुभएको हो । नागरिक सुसूचित हुनसक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्ने उहाले बताउनुभयो । उहाले राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौंथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नुपर्ने उहाले जोड दिनुभयो । उहाले राष्ट्रिय एकता र समाजमा सकारात्मक सन्देश दिनका लागि सरकारी सञ्चारमाध्यमले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाले राष्ट्रको इतिहास र सभ्यता जोडिएको गोरखापत्र संस्थालाई अहिलको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनरसंरचना आवश्यक रहेको बताउनुभयो ।