झापामा अनावश्यक दमन गरेका कारण झडप भयोः श्रेष्ठ

1 year ago

झापामा अनावश्यक दमन गरेका कारण झडप भयोः श्रेष्ठ

 

जसपाका सांसद सुशिला श्रेष्ठले झापाको दमकमा मंगलबार साँझ राँके जुलुस प्रदर्शनको क्रममा अनावश्यक दमन गरेका कारण झडप भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद श्रेष्ठले कोसी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको शान्तिपूर्ण राँके जुलुसमाथि अनावश्यक अवरोध र हस्तक्षेप गर्दा झडप भएको आरोप लगाउनुभएको हो । उहाले उक्त घटनामा प्रहरीबाट १९ वटा अश्रुग्यास प्रहार, ५ राउण्ड डमी फायर र ५ राउण्ड रवर बुलेट र अन्य फायर हुँदा निर्मला बराल र गजेन्द्र फागु लिम्वु गम्भीर घाइते भएको र प्रहरीतर्फ पनि १० जना घाइते भएको बताउनुभयो । उहाले आन्दोलनलाई दमन गरेर जनताको आवाजलाई दमन गर्ने नीति नलिन र छिटो भन्दा छिटो वार्ताबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले कोसी प्रदेशको पुनः नामाकरण हुनुपर्ने भन्दै आन्दोलनका बिभिन्न कार्यक्रमको घोषणा गरेको थियो ।