ग्यास र विजुली प्रयोगका बिषयमा विद्यालयस्तरबाटै ज्ञान प्रदान गर्नुपर्नेमा भण्डारीको जोड

11 months ago

ग्यास र विजुली प्रयोगका बिषयमा विद्यालयस्तरबाटै ज्ञान प्रदान गर्नुपर्नेमा भण्डारीको जोड

 

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले ग्यास र विजुली प्रयोगका बिषयमा विद्यालयस्तरबाटै ज्ञान प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

ग्यास लिक भई आगलागीमा परि गम्भीर घाइते हुनुभएका भण्डारीले लामो समयको उपचारपछि बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गाउँ–गाउँमा ग्यास र बिजुली पुगेको भएपनि यसको प्रयोगबारे कसैलाई सिकाउन नसकेकाले दुर्घटनाको जोखिम देखिएको भन्दै यसको प्रयोगका बारेमा पाठ्यक्रम निर्माता लगाएत सवैले पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाले मृत्युवरण गर्नुपरेको र यस बर्षपनि एक सय ११ जनाको मृत्यु भइसकेकाले जलनको उपचारका लागि सहज र सुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गर्नुभयो । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाले मुलुकको क्षमता र भावी प्रयोगलाई हेरेर मात्रै आयोजनाहरुलाई अघि बढाउन सुझाव दिनुभयो । मुलुकमा देखिएका समस्याग्रस्त क्षेत्रहरुलाई प्राथमिकताका आधारमा रिफर्म गर्नुपर्ने उहाको भनाइ छ ।

सम्बोधनका क्रममा सांसद भण्डारीले गत पुस ३ गते ग्यास लिक भई आगलागीमा परि गम्भीर घाइते भएपछि लामो समय भारतमा उपचार गरेर स्वदेश फर्कनुभएको थियो । उहाको अहिले पनि स्वदेशमा उपचार जारी छ ।