प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरुको नाम उपलव्ध नगराएपछि समिति गठनमा ढिलाई

1 year ago

प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरुको नाम उपलव्ध नगराएपछि समिति गठनमा ढिलाई

 

प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरुको नाम उपलव्ध नगराएपछि समिति गठनमा ढिलाई हुने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस लगाएतका दलहरुले समितिमा रहनेहरुको नाम दिन ढिलाई गरेपछि त्यसको असर समिति गठनमा परेको हो । कांग्रेस लगाएतका दलले समितिका रहनेहरुको नाम बुझाउन बिहीबारसम्मको समय माग गरेका छन् । परामर्श समिति बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले समितिमा रहने सांसदहरुको नाम बुझाउन केहि दलले समय मागेको बताउनुभयो । संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सदनमा पेश गर्ने बिषयमा पनि परामर्श समितिमा सहमति जुट्न नसकेको र यस बिषयमा पुन छलफल हुने जानकारी दिनुभयो ।

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदीय समिति गठनका बिषयमा यसअघि दलहरुबीच भएको सहमतिकै आधारमा समितिलाई पूर्णता दिने बिषयमा छलफल भएको र चाडो भन्दा चाडो यसलाई टुङ्गोमा पुराउने बताउनुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि संसदीय समितिमा रहनेहरुको नाम बिहीबारसम्म बुझाउन आग्रह गर्नुभएको थियो ।