दुर्घटनामा मृत्यु भएका पत्रकार श्रेष्ठको परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको मागसहित साँखुमा प्रदर्शन

1 year ago

दुर्घटनामा मृत्यु भएका पत्रकार श्रेष्ठको परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको मागसहित साँखुमा प्रदर्शन

 

बुधबार भएको सडक दुर्घटनामा मृत्यु भएका पत्रकार पवनलाल श्रेष्ठका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै काठमाडौंको साँखुमा विरोध प्रदर्शन भएको छ ।

घटनाको निष्पक्ष छानविन हुनुपर्ने टिपर आतंक बन्द गर्नुपर्ने र पिडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै स्थानीयले शुक्रबार साखुँ बसपार्क अगाडीको सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका हुन् । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुकी टिपरले ठक्कर दिँदा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पत्रकार पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको मृत्यु भएको थियो । उक्त घटनाका बिषयमा बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । तर स्थानीयले भने साँखु प्रहरीमा नै टिपरसहित चालकलाई राखेर अनुसन्धान गर्न माग गरेका छन् । उनीहरुले टिपर चालकलाई उन्मुक्ति दिन लागिएको भन्दै प्रशासन बिरुद्ध नारावाजी गरेका छन् ।