काभा महिला भलिबल च्यालेन्ज कप आगामी जेठ महिनामा नेपालमा आयोजना हुने

1 year ago

काभा महिला भलिबल च्यालेन्ज कप आगामी जेठ महिनामा नेपालमा आयोजना हुने

 

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप आगामी जेठ महिनामा नेपालमा आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काभा महिला अन्तराष्ट्रिय च्याम्पियनसीप कप जेठ ६ देखि १५ गतेसम्म आयोजना हुने जानकारी गराएको हो । त्रिपुरेश्वरस्थिति राखेपको कर्भड हलमा आयोजना हुने सो प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागीता रहने छ । प्रतियोगितामा बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र आयोजक नेपालको सहभागीता रहने छ । प्रतियोगिताको आयोजनाको खर्च अनुमानीत २ करोड ५० लाख रहेको संघले बताएको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ५० लाख सहयोग गर्ने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । उहाले महिला भलिवलमा नेपालले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको र यस प्रतियोगीतामा पनि स्वर्ण जित्ने लक्ष्यका साथ तयारी गरिरहेको बताउनुभयो ।

प्रतियोगिता आयोजनाका लागि केही समय अघि नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र काभाका अध्यक्ष मोहमद लाथिफले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रतियोगिताका लागि नेपालले जोसे डी ब्रान्टको नेतृत्वमा महिला टिमको प्रशिक्षण सुरु गरिसकेको छ ।