इन्स्टाग्रामले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन किशोर र वयष्क प्रयोगकर्ताबीचको अन्तर्क्रियालाई नियन्त्रण

3 years ago

इन्स्टाग्रामले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन किशोर र वयष्क प्रयोगकर्ताबीचको अन्तर्क्रियालाई नियन्त्रण

इन्स्टाग्रामले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन किशोर र वयष्क प्रयोगकर्ताबीचको अन्तर्क्रियालाई नियन्त्रण गर्ने नीति ल्याएको छ ।

यसअन्तर्गत अब कुनै पनि वयष्क प्रयोगकर्ताले आफूलाई फलो नगरेका किशोर प्रयोगकर्तालाई डाइरेक्ट म्यासेज पठाउन पाउने छैनन् ।

साथै शंकास्पद गतिविधि भएका वयष्कहरुलाई कुनै पनि टिनेजरले डाइरेक्ट म्यासेज पठाउँदै छ भने इन्स्टाग्रामले त्यतिबेला ‘सेफ्टी प्रोम्प्ट’को नोटिफिकेसन पपअप गरिदिने भएको  छ ।

सेफ्टी प्रम्प्टबाट टिनेज प्रयोगकर्ताहरुले वयष्क प्रयोगकर्ताहरुविरुद्ध रिपोर्ट वा ब्लक गर्ने अप्सन पनि पाउनेछन् । सो प्रोम्प्टले युवा प्रयोगकर्ताहरुलाई म्यासेजको प्रतिक्रिया दिन दबाब महसुस नगर्न र अपरिचितलाई तस्वीर, भिडियो वा कुनै पनि जानकारी पठाउँदा सचेत रहनसमेत चेतावनी दिन्छ ।

इन्स्टाग्रामको मोडरेसन प्रणालीले वयष्क प्रयोगकर्ताहरुको स्वभाव शंकास्पद फेला पारेमा नोटिफिकेसन दिने गर्दछ । कम्पनीले वयष्कको स्वभावलाई कसरी शंकास्पद पहिचान गर्छ भन्ने कुरा विस्तृतरुपमा बताएको छैन ।

तर १८ वर्षमुनिका बालबालिकाहरुलाई अत्याधिक म्यासेज रिक्वेस्ट पठाउने तथा फलो गर्ने व्यक्तिहरुलाई शंकास्पद मान्न सकिने देखिएको छ । यस किसिमको फिचर केही मुलुकमा यसै महिनादेखि उपलब्ध हुन्छ भने बाँकी विश्वमा पनि चाँडै सार्वजनिक गर्ने कम्पनीको तयारी भएको छ