भारतमा दुई भ्याक्सिनले पायो मान्यता

3 years ago

भारतमा  दुई भ्याक्सिनले पायो मान्यता

भारतमा कोरोना विरुद्धको  दुई भ्याक्सिनले आपतकालिन प्रयोगका लागि अनुमति पाएको छ ।

सिरम इन्स्टिच्युट अफ इन्डियाद्धारा विकसित कोविशिल्ड भ्याक्सिन र भारत बायोटेकको भ्याक्सिनले प्रयोगको अनुमति पाएका छ । कोविशिल्ड भने बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्रेजेनेकाले विकास गरेको हो, यसलाई सिरम इन्स्टिच्युटले भारतमा उत्पादन गरिरहेको छ ।

कोरोना महामारीसँग जुधिरहेको भारतमा लामो समयदेखि भ्याक्सिनको प्रतिक्षा थियो । डिसिजिआईबाट अनुमति पाएसँगै अब भारतमा कोरोना भ्याक्सिनको प्रयोग सुरु हुने छ ।  भारतका स्वास्थमन्त्री डाक्टर हर्षबर्धनले सबै नागरिकलाई निशुल्क खोप लगाउने घोषणा गरिसकेका छन्  ।