सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक होः प्रधानमन्त्री

10 months ago

सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक होः प्रधानमन्त्री

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक भएको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभाको बैठकमा भारत भ्रमण लगाएतका बिषयमा जानकारी गराउदै प्रधानमन्त्री प्रचण्डले यसअघि दुईपटक पठाइएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नगरेर संविधान उल्लंघन गर्ने काम भएकाले संकट उत्पन्न भएको भन्दै अहिलेको सरकारको अनुरोधमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु स्वभाविक भएको बताउनुभएको हो ।

उहाले राष्ट्रपतिले प्रक्रिया पु¥याएर पठाएको विधेयक प्रमाणीकरण नगरे विधेयकको अवस्था के हुन्छ भन्ने संविधानबाट स्पष्ट हुन नसक्दा समस्या भएको बताउनुभयो । विधेयक उत्पति भएको ठाउँ खोज्दै जाँदा सरकार नै हो भन्ने निष्कर्षमा पुगेर राष्ट्रपतिलाई जानकारी गराएको र विधेयक प्रमाण्ीकरण भएको उहाले बताउनुभयो । उहाले यस बिषयमा अदालतमा मुद्धा परिसकेको अवस्थामा अदालतले दिने आदेश स्वीकार्य हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सीमा नाकामा देखिएको समस्या दुईदेशीमिलेर समाधान गर्ने बिषयमा सकारात्मक वातावरण बनेको जिकिर गर्नुभयो । उहाले भूमि सट्टा पट्टाका बारेमा कुनै कुरा नराखेको र यस बिषयमा आवश्यक परे प्रमाण देखाउन पनि तयार रहेको बताउनुभयो । मुलुकको हितको पक्षमा भारत भ्रमणका क्रममा विवेकले भ्यायसम्म प्रयास गरेको र आफु सम्मानीत भएको महशुस भएको उहाको भनाइ छ । उहाले आफ्नो भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने दिशामा केन्द्रित रहेको बताउनुभयो ।

नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायतका भारतका अन्य शहरमा दुई तर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको उहाले बताउनुभयो । त्यसैगरी, जलविद्युतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा समेत बलियो सहमति निर्माण भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

नेपाल र भारतबीच रहेको बहुआयामिक र घनिष्ठ सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबूत बनाउन भ्रमणले योगदान गरेको उहाको भनाइ छ । त्यस्तै उहाले गत वर्ष सम्पन्न आम निर्वाचनपश्चातको पहिलो विदेश भ्रमणको रूपमा रहेको यो भारत भ्रमण विगतका भ्रमण भन्दा फरक पाएको र भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत कोरेको जिकिर गर्नुभयो ।