भारत भ्रमणका क्रममा भूमी साट्ने प्रस्ताव गरेको छैनः प्रचण्ड

10 months ago

भारत भ्रमणका क्रममा भूमी साट्ने प्रस्ताव गरेको छैनः प्रचण्ड

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा भूमी साट्ने प्रस्ताव नगरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा भारत भ्रमणका बारेमा जानकारी दिदै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा आफु प्रस्ट रहेको र त्यही अनुसार नै भूमिका खेलेको भन्दै उहाले भूमी साट्ने कुनै पनि बिकल्पमा आफुले छलफल नगरेको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले आफुमाथिको आरोप राष्ट्र हितविपरीत रहेको पनि जिकिर गर्नुभयो । नेपालको भूमि नेपालको हो भन्ने स्थापीत भन्ने कुरा पहिलो भएको उहाले बताउनुभयो ।

केहि बुद्धिजीविले राखेको बंगलादेश मोडल आफुले राखेको बिषय नभएको समेत उहाले प्रस्ष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालको हितमा सकारत्मक प्रयास गर्ने भएको र यस पटकको भ्रमण कामकाजी भएको दावी गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक यसअघिको जस्तै रहेको भन्दै विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदाको अध्यादेशकै स्वरुपमा नै अहिलेको नागरिकता विधेयक आएको प्रचण्डले बताउनुभयो ।

प्रचण्डले यसअघि भएका बिषयहरुलाई अहिले ल्याइएको भन्दै नागरिकता विधेयकका बिषयमा दुई ठाँउमा बस्नुपर्ने कारण नभएको बताउनुभयो । उहाले सरकारले निर्णय गर्ने र अदालतले रोक्ने पीडा अहिलेको प्रतिपक्षी र सत्तापक्षले भोगको पीडा भएकाले अदालतमा पुगेको बिषयमा विवाद गर्न नहुने धारणा राख्नुभयो ।