भारतीय दुतावास अगाडी विरोध प्रदर्शन

10 months ago

भारतीय दुतावास अगाडी विरोध प्रदर्शन

 

भारतको अखण्ड भारत नक्सामा नेपालको भुभाग समेटिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतीय दुतावास अगाडी विरोध प्रदर्शन गरेको छ ।

हालै भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारत नक्सामा नेपालको केहि भुभाग समेटिएको विरोधमा संगठनले काठमाडौंको लैनचौरस्थीत दुतावास अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले अखण्ड भारतको नक्सा जलाएका थिए । उनीहरुले भारतले पटक पटक नेपालको भूभाग मिच्दै आएको भन्दै भारतको उक्त कदमबिरुद्ध नारावाजी गरेका थिए ।