बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्रीको निर्देशन

10 months ago

बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्रीको निर्देशन

 

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन बिभिन्न अस्पताललाई निर्देशन दिनुभएको छ ।

शुक्रबार काठमाडौंको गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको अनुगमन गर्दै मन्त्री बस्नेतले सहज रुपमा उपचार गर्नका गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । उहाले गंगालाल अस्पतालमा रहेका उपकरणहरुको प्रयोग, विरामीलाई दिईने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिनुभएको थियो भने उपचारका लागि आएका विरामीहरुसंग पनि कुराकानी गर्नुभएको थियो । उहाले यसअघि दिएको निर्देशन अनुसार अस्पतालको सेवाको सुधार देखिएको बताउनुभयो । बिभिन्न अस्पतालहरुमा गुणस्तरिय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको उहाले बताउनुभयो ।

मन्त्री बस्नेतले सरकारी र नीजि अस्पतालको उपचारको सेवा शुल्कमा एकरुपता ल्याउन पहल गरिने बताउनुभयो ।