नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएका छन्ः माधव नेपाल

10 months ago

नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएका छन्ः माधव नेपाल

 

नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताउनुभएको छ ।

प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्टे«लिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरि स्वदेश फर्कनुभएका अध्यक्ष नेपालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालहरुको समस्या समाधान भएको प्रति उनीहरु उत्साहीत भएको बताउनुभएको हो ।

उहाले अष्टे«लियामा नेपालबाट नेपाली बिमान सिघै जानका लािग पहल भइरहेको जानकारी पाएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफु बाहिर रहदा पनि प्रधानमन्त्री र नेताहरुसंग कुराकानी गरेको अव यस बिषयमा थप छलफल गर्ने उहाले बताउनुभयो ।

त्यस्तै उहाले बजेटका बिषयमा आएका चर्चाका बिषयमा आफु जानकार रहेको भन्दै यस बिषयमा पनि प्रधानमन्त्रीसंग छलफल गर्ने जानकारी दिनुभयो ।

सगरमाथाको आरोहणको ७० औं बर्षदिवसको कार्यक्रम सहभागी भएर अध्यक्ष नेपाल स्वदेश फर्कनुभएको हो ।