नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै माइतिघरमा प्रदर्शन

11 months ago

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै माइतिघरमा प्रदर्शन

 

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरिएको छ ।

नागरिक समाजले शरणार्थी प्रकरणका कुनै दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शन गरेका हुन् । भ्रष्ट, नालायकहरु विरुद्ध सवै एकजुट हुने दिन आयो, पार्टी, संस्था, वादलाई आफैसित राखेर राष्ट्रका लागि उत्रने बेला आयो भन्दै उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले कुनै पनि दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई मुक्त गर्न नहुने जनाएका छन् । प्रदर्शनसभा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेर एकवद्धता जनाउनुभएको थियो । उहाले भ्रष्टाचार अव नेपाली जनताले नसहने भन्दै यसअघिको सवै भ्रष्टाचारको अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले टोपबहादुर हो कि टापबहादुर, सचिव÷मन्त्री सोचेको तसकर र विचौलिया परेछ, देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।