अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था छः अर्थमन्त्री महत

11 months ago

अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था छः अर्थमन्त्री महत

 

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासघंले काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री महतले नीजि क्षेत्रसंगको सहकार्यमा मुलुकको अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाले अनावश्यक खर्च कम गर्ने र पूँजिगत खर्चलाई बढाउनका लागि सरकारको कोसिस हुने बताउनुभयो । मौद्रीक नीति मार्फत उच्च व्याजदरलाई नियन्त्रण गर्दै अर्थतन्त्रलाई चलायमान गर्ने तयारी भइरहेको उहाले बताउनुभयो । उहाले हजारौँ आयोजनाको ठेक्का लागिसकेको अवस्थामा अहिले सबैभन्दा ठूलो स्रोतको चुनौती रहेको धारणा राख्नुभयो । बजेटमार्फत धेरै ठाउँमा योजना दिनुपर्ने दबाब रहेको भन्दै उहाले स्रोत कम रहेको उल्लेख गर्नुभयो । मन्त्री महतले नियम कानुन पालना गरेर सहज रुपमा उद्यम गर्नसक्ने वातावरण तयार पार्न सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउन सुुझाव दिनुभयो । उहाले अहिलेको अवस्थामा स्वदेशी तथा विदेशी लगानीलाई बढाउन जरुरी रहेको धारणा राख्नुभयो ।