राष्ट्रपति निर्वाचनको तयारी पुरा

1 year ago

राष्ट्रपति निर्वाचनको तयारी पुरा

 

बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पुरा भएको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अन्य सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । संघीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको पौडेलले बताउनुभयो । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने र चारबजेपछि मतगणना सुरु हुने उहाले बताउनुभयो । पौडेलले साँझ ७ बजेसम्म अन्तिम नजिता आउने गरि तयारी गरिएको जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् । निर्वाचनमा संघीइ सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । राष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।