बिभिन्न जिल्लाका रेडक्रसलाई ३० वटा एम्वुलेन्स हस्तान्तरण

1 year ago

बिभिन्न जिल्लाका रेडक्रसलाई ३० वटा एम्वुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोगमा बिभिन्न जिल्ला स्थित रेडक्रसका निकायलाई ३० वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ ।

मंगलबार काठमाडौंमा स्थानीय आवश्यकता पहिचान गरि ३० वटा “ख” वर्गका एम्वुलेन्स खरिद गरी ३० वटा जिल्ला स्थित रेडक्रसका निकायहरु मार्फत सञ्चालन गर्ने गरी सम्वन्धित जिल्लाका प्रतिनिधिहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिब जगन्नाथ चापागाईले उक्त एम्वुलेन्स हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै १५ वटा जिल्ला शाखाहरुमा हाल उपलव्ध भएका एम्बुलेन्सको स्तरीकरण गर्ने काम पनि सम्पन्न भएको रेडक्रसले जनाएको छ । एम्वुलेन्स हस्तान्तरण गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिब चापागाईले अन्य जिल्लाहरुमा पनि अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोगमा एम्वुलेन्स प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

हस्तान्तरण गरिएका एम्वुलेन्सहरुलाई प्रादेशिक स्तरमा स्थापना गरिएका प्रेशण केन्द्रमा आवद्ध गरि १०२ नंवरमार्फत सञ्चालन गरिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।