पुष १० गते भएको गल्ती सच्चाइयोः गगन थापा

1 year ago

पुष १० गते भएको गल्ती सच्चाइयोः गगन थापा

 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष १० गते भएको गल्ती सच्चाइएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा काठमाडौं क्षेत्र नंवर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुष १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्तीलाई सच्चाइएको बताउनुभएको हो । निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताकाबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई व्युताउन सफल भएको उहाले बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नवन्ने भन्दै उहाले अहिलको गठबन्धन पदका लागि नभएको दावी गर्नुभयो । थापाले अव गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

उहाले जनतालाई कामले परिणाम दिन नसके फेरी अप्ठेरो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।