आफूहरूसँग भएको सहमति पालना गर्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका विद्यार्थीहरुले सिटी जुलुस निकालेका छन ।

1 year ago

आफूहरूसँग भएको सहमति पालना गर्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका विद्यार्थीहरुले सिटी जुलुस निकालेका छन ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान र विद्यार्थीहरूबीच गत भदौ ३० मा भएको सहमति पालना हुनुपर्ने भन्दै विद्यार्थीहरूले बुधबार माइतीघरदेखि बानेश्वरसम्म सिटी जुलुस निकालेका हुन् । उनीहरुले ‘सहमतिपत्र लागु गर, पीडित विद्यार्थीलाई न्याय दे, विद्यार्थीलाई पढ्न दे’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । भदौ ३० मा चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत सम्बन्धन प्राप्त क्याम्पसले भर्ना हुँदा विद्यार्थीहरूबाट विभिन्न दरमा एकमुस्ट लिएको रकम फिर्ता गर्न डीन कार्यालयबाट पहल गर्नेलगायतको सहमति भएको थियो । त्यसैको पालना गराउन भन्दै विद्यार्थीहरूले सिटी जुलुस निकालेका हुन् ।