सूर्य नेपाल गल्फ टुर मंगलबारबाट सुरु हुदै

1 year ago

सूर्य नेपाल गल्फ टुर मंगलबारबाट सुरु हुदै

 

सूर्य नेपाल गल्फ टुर २०२२–२३ तेस्रो सिजन सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट आयोजना हुने भएको छ ।

आयोजक प्रोफेसनल गल्फर एसोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा शीर्ष १६ गल्फरले प्रतिस्पर्धा गर्ने जनाएको छ । प्रतियोगिता काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ४२ हजार, तेस्रो स्थानले ३२ हजार तथा चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनल बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कने गल्फरले ६ हजार पाउने आयोजकले जनाएको छ । मंगलबार पहिलो चरणको खेल तथा बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । विहीबार अन्तिम दिन फाइनल हुनेछ ।

फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुने बताइएको छ ।