सरकारले आइतबार पोखरामा यति एयरलाइन्स दुर्घनामा परि निधन भएकाहरुको शवको व्यवस्थापन र हस्तान्तरण गर्न आवश्यक कार्ययोजना बनाएको छ ।

1 year ago

सरकारले आइतबार पोखरामा यति एयरलाइन्स दुर्घनामा परि निधन भएकाहरुको शवको व्यवस्थापन र हस्तान्तरण गर्न आवश्यक कार्ययोजना बनाएको छ ।

 

सिहदरबारमा सोमबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन बैठकले शवको पोष्टमार्टम, शव हस्तान्तरण तथा केहि शव विदेश पठाउने लगाएतलाई सहजीकरण गर्न कार्ययोजना बनाएको हो ।

त्यस्तै बैठकमा मृतकका परिवारलाई विमा वापतको रकम उपलव्ध गराउने बिषयमा पनि छलफल भएको थियो । मृतक सवैको सनाखत भइसकेपछि प्रमाणहरु लिने काम हुने र विमा वापतको रकम उपलव्ध गराइने भएकाले बिमाका सम्बन्धमा कुनै समस्या नरहेको बिमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले जानकारी दिनुभयो ।

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको थियो ।