समयमा नै राष्ट्रपतिको निर्वाचन गर्न कांग्रेस माग

1 year ago

समयमा नै राष्ट्रपतिको निर्वाचन गर्न कांग्रेस माग

 

नेपाली कांग्रेसले कानूनी अड्चन हटाएर समयमा नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास महाराजगञ्जमा सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दैै कानुनी अड्चन हटाएर समयमै निर्वाचन गर्न माग गरेको हो ।

राष्ट्रपतिको निर्वाचनका लागि कानूनी अड्चन देखिएकाले यसलाई समाधान गर्दै समयमा नै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेस प्रवक्त डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवार उठाउने र समर्थनका लागि अन्य दलहरुसंग छलफल गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

अहिलेको व्यवस्था अनुसार माघ २९ भित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने कांग्रेसको जोड रहेको महतले बताउनुभयो ।