सभामुख पदका लागि एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी देवी न्यौपानेको उम्मेद्वारी दर्ता

1 year ago

सभामुख पदका लागि एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी देवी न्यौपानेको उम्मेद्वारी दर्ता

बुधबार संसद भवन नयाँ बानेश्वरमा सभामुखका पदका लागि घिमिरे र न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको हो । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ रहनुभएको छ भने समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ । घिमिरे अहिले एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसंग कुरा गदै घिमिरेले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी रहन नदिने बताउनुभयो । उहाले यसअघिको शिक्षाबाट अघि बढ्दै तटस्थ रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै कांग्रेसबाट उम्मेद्वारी दिनुभएकी न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रहनुभएको छ भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ । उम्मेदवारी दिदै न्यौपानेले सभामुखको पदमा आफुले जित्ने र सांसदहरुले विश्वास गर्ने बताउनुभयो ।

त्यस्तै कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले प्रमुख प्रतिपक्षी भएकाले सरकार सत्तापक्षको र संसद प्रतिपक्षीको हुने मान्यता रहेकाले कांग्रेसले उम्मेदवारी दिएको बताउनुभयो ।

दुई जनाको उम्मेदवारी दर्ता भएपछि प्रतिनिधिसभामा बिहीबार सभामुख चयनका लागि मतदान हुनेभएको छ । प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ ।