स्थानीय योजना प्लेटफर्मको पाचौं संस्करण माघ १९ गते देखि हुने

1 year ago

स्थानीय योजना प्लेटफर्मको पाचौं संस्करण माघ १९ गते देखि हुने

 

शहरी बिकास मन्त्रालयको आयोजनामा स्थानीय योजना प्लेटफर्मको पाचौं संस्करण माघ १९ गते देखि काठमाडौंमा सुरु हुने भएको छ ।

मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत र जलवायु अनुकूलन शहरी बिकासका लागि स्थानीय योजना नाराका साथ माघ १९ देखि २० गते सम्म सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो । दिगो, उत्थानशील र समावेशी समाज तथा शहरवस्ती निर्माणका लािग हातेमालो गर्ने उदेश्यले सन् २०१८ मा जापान सरकार, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयद्वारा गठित स्पेचियल प्लानिङ प्लेटफर्म (एसपीपी) ले युएन ह्याविट्याट एशिया प्रशान्त क्षेत्रिय कार्यालयको संयोजनमा हरेक बर्ष सम्मेलन गर्दै आएको शहरी बिकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिनुभयो । यस बर्ष सम्मेलनमा भुटान, बंगलादेश, कम्वोडीया, चीन , भारत लगाएत देशका उच्चस्तरीय अधिकारी र बिज्ञहरुको सहभागीता रहने उहाले बताउनुभयो ।

सम्मेलनले शहरी बिकासका बिभिन्न आयाम र दृष्टिकोणहरु प्रस्तुत गर्ने र नेपालका सन्दर्भमा उक्त आयाम र दृष्टिकोणहरुलाई कसरी लागू गर्न सकिन्छ भन्नेबारे पथप्रदर्शन गर्ने मन्त्रालयले जनाएको छ ।