वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफुले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

1 year ago

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफुले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

 

बुधबार काठमाडौंमा पत्रकारसंग कुरा गर्दै डा रुइतले इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको र यो सम्पूर्ण जीवनको तपस्याको परिणाम भएको बताउनुभएको हो । जिन्दगीमा धेरै अवरोधहरु सहेको र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको भन्दै सवै कुराले आफुलाई अघि बढाउन प्रेरित गर्ने उहाले बताउनुभयो । उहाले पुरस्कारले नेपालको आत्मसम्मानलाई पनि निकै माथि उठाएको जिकिर गर्नुभयो । उहाले नेपालको पहुँच नपुगेको स्थानमा पनि सेवा पुराउन प्रतिवद्ध भएर लागिरहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने भन्दै उक्त पद आफ्ना लागि नभएको र आफुले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको तर्क गर्नुभयो ।

एसियाको नोबेल मानिने म्यागासेसे पुरुस्कार पाएका विश्वविख्यात आँखा सर्जन डा. रूइतलाई बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्ड दिन लागिएको हो । पुरस्कारको राशी १० लाख डलर रहेको छ ।