ललितपुरको धोविघाटमा कवाडी गोदाममा आगलागी, करिव ७ लाख बराबरको क्षति

1 year ago

ललितपुरको धोविघाटमा कवाडी गोदाममा आगलागी, करिव ७ लाख बराबरको क्षति

ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा करिव ७ लाखको क्षति भएको छ ।

बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका वडा नंवर ३ धोविघाट करिडोरमा भारतीय नागरिक कृष्ण कोदारले सञ्चालन गरिरहेको कवाडी गोदाममा आगलागी भएको थियो । आगलागीका कारण करिव ७ लाखको क्षति भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रविण पोखरेलले बताउनुभयो । आगलागीको सुचना पाएको दुई घण्टाभित्र आगालागी नियन्त्रणमा लिइएको उहाले बताउनुभयो ।

बिद्युत सट भइ आगो लागेको प्रहरीको प्रारम्भीक अनुमान छ, आगलागीका कारण मानविय क्षति भने भएको छैन ।