राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते

1 year ago

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते

 

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार हुने भएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि माघ २३ गते सोमबार १२ बजेको समय तोकेको जानकारी दिनुभयो । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि सूचना प्रकासन गर्न उहाले संसद सचिवालयलाई निर्देशन दिनुभयो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफाबार छलफलका बिधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते बोलाइएको छ ।