माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने

1 year ago

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने

 

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा सोमबार बसेको पदाधिकारी बैठकमा राजनीतिक अवस्थाका साथै पार्टी सुदृढिकरण, कार्यबिभाजन लगाएतका बिषयमा गृहकार्य भएको र नटुङ्गिएकाले बुधबार मात्रै स्थायी कमिटी बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो । यसअघि माओवादी स्थायी कमिटी मंगलबार बस्ने तय भएको थियो । प्रवक्ता महराले मंगलबार पदाधिकारी बैठकमा थप गृहकार्य गर्ने र १८ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको बताउनुभयो । उहाले गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने बारेमा बैठकमा छलफल नभएको जानकारी दिनुभयो । मन्त्रालयको बिषय प्रधानमन्त्रीले टुङ्गो लगााउने भएकाले पार्टीले हस्तक्षेप नगर्ने उहाको भनाइ छ ।

त्यसअघि बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री कसलाई बनाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री बनेपछि थाहा हुने बताउनुभएको थियो ।