प्रतिनिधिसभाको निर्वाचनमा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । 

1 year ago

प्रतिनिधिसभाको निर्वाचनमा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा घिमिरेको पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा  एक सय मत खसेको थियो । मतदानमा दुई सय ६८ले भाग लिएका थिए भने एक जनाले मत पक्ष र बिपक्षमा मत दिएनन् ।  मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गर्नुभएकाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयोे ।  

 

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने हुनुहुन्थ्यो । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला हुनुहुन्थ्यो । विसं २०१३ मा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद हुनुहुन्थ्यो । उहाँ प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।