नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउन ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ ।

1 year ago

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउन ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ ।

 

मंगलबार सिंहदरबारमा पदबाहाली गर्दै मन्त्री शर्माले सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुराउदै देशव्यापी बनाउने बताउनुभएको हो । उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरुमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक उपलब्ध गराउनुपर्ने उहाको भनाइ छ । मन्त्री शर्माले सूचना प्रविधिमार्फत् देशले समृद्धिको लक्ष्य हासिल गर्न सहज हुने जिकिर गर्नुभयो ।
सार्वजनिक संस्थानहरुमा सहज ढंगले सञ्चार, प्रविधिको प्रयोग हुन नसक्दा देखिएको समस्यालाई पनि अव समाधान गर्नुपर्ने उहाको भनाइ छ ।