नेपाली कांंग्रेसले प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको जनाएको छ ।

1 year ago

नेपाली कांंग्रेसले प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको जनाएको छ ।

 

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको भन्दै गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको त होइन भन्दै प्रश्न गर्नुभयो । गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउदै उहाले अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत रहेको र यसलाई सच्चाउनुपर्ने माग गर्नुभयो ।

सांसद खतिवडाले उक्त विषयमा सभामुखबाट रुलिङको माग गर्नुभयो । गृहमन्त्रालयले शुक्रबार कर्तव्य ज्यान मुद्दामा फरार लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिए पनि पक्राउ नपरेको भन्दै तत्काल कारबाही अघि बढाउन विज्ञप्ति जारी गरेको थियो ।