नेपाली कांग्रेसका सांसद्‍ मोहनबहादुर बस्नेतले नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठनको व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको छ ।

1 year ago

नेपाली कांग्रेसका सांसद्‍ मोहनबहादुर बस्नेतले नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठनको व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको छ ।

 

शुक्रबार काठमाडौंमा आचार्यका परिवारसंग भेट्दै बस्नेतले आचार्यका छोरीहरुको पठनपाठनका साथै उनको श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । बस्नेतले आचार्यले संसद् भवन अगाडि आत्मदाह गर्नु दुःखद् भएको र उनले उठाएका बिषयहरुलाई राज्यले उचित ढंगले सम्बोधन गर्नुपर्ने बताउनुभयो । यसअघि बिभिन्न नागरिकलाई समस्या पर्दा आफुले सहयोग गरेको भन्दै उहाले कुराले भन्दा काम गरेर देखाउनुपर्ने बेला आएको बताउनुभयो ।

पहिरो, भूकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा गरिएका कार्यहरुलगायत ३२ वर्षको निःशुल्क कोचिङ कक्षा संचालन गरेको उहाले स्मरण गर्नुभयो ।