नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताउनुभएको छ । .

1 year ago

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताउनुभएको छ । .

 

मारवाडी सेवा समिति नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको शान्ति, समृद्धि, सामाजिक न्यायको आकांक्षालाई सम्बोधन गर्नुपर्ने र यस पटक सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताउनुभएको हो ।

उहाले सवै मिलेर देश बनाउनुपर्ने धारणा राख्नुभयो । आर्थिक परिसूचकहरु चिन्ताजनक अवस्थामा रहेका बेला सरकारको नेतृत्व गर्ने चूनौतिपूर्ण अवसर पाएको भन्दै उहाले आर्थिक लगाएतका समस्या समाधान गर्न सवै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

उहाले नेपालको आर्थिक क्षेत्रमा मारवाडी समूदायको भूमिकालाई सरकारले सकारात्मक रुपमा लिदै मारवाडी समूदायका बिभिन्न मागलाई समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।